पेरुमा ‍यात्रुबहाक बसमा आगो लाग्यो, २० जनाको मृत्यु « Khabarhub

पेरुमा ‍यात्रुबहाक बसमा आगो लाग्यो, २० जनाको मृत्यु


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– दक्षिण अमेरिकी मुलुक पेरुको राजधानी लिमामा दुई तल्ले बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ ।

लिमाको सान मार्टिन डे पोर्रेज क्षेत्रमा अवैध रुपमा सञ्चालित पेट्रोल पम्पनजिकै रोकिरहेको अवस्थामा बसमा आगलागी भएको हो । घटनामा अन्य ८ जना घाइते भएका छन् ।

आगलागी हुनुको कारण स्पष्ट नभइसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी भएको उत्तरी तटीय शहर चिक्यायोतर्फ जाँदै गरेको लामो दुरीको बसमा रहेको र बसमा आगलागी हुनेबित्तिकै अग्निनियन्त्रकको टोली खटाइएको पेरुको अग्निनियन्त्रक निकायका प्रवक्ता लेविस मेइयाले जनाएका छन् ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार बसको शुरुमा पछाडीबाट आगो लाग्न शुरु भएको थियो । लगत्तै बसभित्र पनि आगो सल्केको थियो ।

बसभित्र रहेका यात्रीले पनि पेट्रोलियम पदार्थ बोकेका कारण आगलागीमा ठूलो मानवीय क्षति भएको अधिकारीले जनाएका छन् ।

त्यस्तै बसमा आगोलागी भएको अवस्थामा आगो निभाउने उपकरण समेत नभएको प्रहरीले जनाएको छ । शहरका मेयर होर्गे मुनोजले बसका साहूलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अधिकारीले आगलागी भएको बस रोकिएको स्थान नजिक अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री गर्ने गर्ने पसल रहेकाले त्यहाँ सवारी रोक्न प्रतिबन्ध लगाएका थिए ।

लिमाको सवारी व्यवस्थापन निकै नै कमजोर मानिन्छ । त्यहाँ दर्ता नगराइएका सवारी साधन देखि सवारी साधन गुडाउने अनुमति नै नलिइ पनि जथाभावी सवारी साधन चलाउने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : १५ बजे

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको