सरकारको निर्णयको चेम्वर अफ कमर्सद्वारा स्वागत | Khabarhub Khabarhub

सरकारको निर्णयको चेम्वर अफ कमर्सद्वारा स्वागत


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्वर अफ कमर्सले काठमाडौं उपत्यकाका निजी सवारी साधन जोरविजोर प्रणालीमा चलाउन पाइने र पसल सञ्चालन गर्न दिइने निर्णयको स्वागत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्क्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानिय रहेको चेम्वर अफ कमर्सले विज्ञप्तिमार्फत जनाएको छ ।

सरकारको यी निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय माक्स र सेनिटाइजर उचित प्रयोग र सामाजिक दूरी कायम गर्दै जानुपर्ने विज्ञप्तिमा भनिएको छ ।

सरकारले उपत्यकालाई सिल गरेकामा यसलाई निरन्तरता दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । रातको समयमा उपत्यका बाहिरबाट व्यक्तिहरु उपत्यका भित्रिने गरेकामा त्यसलाई रोक्नुपर्ने बताइएको छ । सरकारले कर तिर्ने समयलाई बढाएर सहुलियत दिनेमा पनि संस्थाले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : १५ बजे

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि