बैशाख ७ गतेदेखि नेपाल बास्केटबल लिग हुने | Khabarhub Khabarhub

बैशाख ७ गतेदेखि नेपाल बास्केटबल लिग हुने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल बास्केटबल लिग बैशाख पहिलो हप्ताबाट शुरु हुने भएको छ । काठमाडौंमा सोमबार आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन)ले पत्रकार सम्मेलन गरी प्रतियोगिता बैशाख ७ गतेदेखि शुरु हुने जानकारी गराएको हो ।

५५ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ८ व्यवसायिक क्लबहरुको सहभागिता रहनेछ । जसमा गोल्डेनगेट इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, दी टाइम्स इन्टरनेसनल कलेज, बुढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब छन् ।

यस्तै, कीर्तिपुर बास्केटबल टिम, साउथ साइडर्स बास्केटबल क्लब र रोयल बास्केटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा सहभागी टोलीले होम एण्ड अवेका आधारमा एकआपसमा दुई—दुई खेल खेल्नेछन् । जसअनुसार सबैगरी प्रतियोगिताभर ६८ खेल खेलाइनेछ । दुई चरणको लिग पछि शीर्ष चार टोली प्लेअफमा स्थान बनाउनेछन् ।

यसअघि यो प्रतियोगिता क्विक्स बास्केटबल लिगको नाममा सञ्चालन भएको थियो । तर, यो वर्ष नाम परिवर्तन गरी नेपाल बास्केटबल लिग बनाइएको हो । नेपाली बास्केटबल खेलमा धेरै प्रतियोगिताहरु नहुने भएकाले यो लिगले नेपाली खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्ने पीडीसीएनका अध्यक्ष अरुण कार्कीले बताए ।

प्रतियोगिताको साझेदार सानिमा जनरल इन्स्योरेन्सले सबै खेलाडी, प्रशिक्षक, रेफ्री र स्वयंसेवकसहित १ सय ६८ जनाको प्रतिव्यक्ति ५ लाखका दरले बिमा गर्ने भएको छ । हरेक टिमले ३ जना विदेशी खेलाडी टिममा आवद्ध गर्न पाउने र १ जनालाई मात्रै खेलाउन पाइने प्रावधान रहेको छ ।

प्रतियोगिताको पहिलो खेल बैशाख ७ गते गोल्डेनगेट इन्टरनेसनल कलेज र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच गोल्डेनगेटको घरेलु कोर्टमा हुनेछ । विजेता टोलीले पुरस्कार स्वरुप २ लाख नगद प्राप्त गर्ने र दोस्रो हुने टोलीले १ लाख नगद प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : २९ बजे

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

गोरखा– नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ