रक्तदान कार्यक्रम गरी विज्ञापन संघले वार्षिकोत्सव मनायो « Khabarhub

रक्तदान कार्यक्रम गरी विज्ञापन संघले वार्षिकोत्सव मनायो


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विज्ञापन संघ (आन)ले रक्तदान कार्यक्रम गरी आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। आनले शान्तिनगरमा रहेको कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो।

कार्यक्रमलाई नेपाल मेडिसिटी अस्पतालले सहकार्य गरेको आनले जनाएको छ। काठमाडौं ३१ नम्बर वडाका प्रमुख नारायण प्रसाद बिँडारीले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले सामाजिक कार्यका लागि संघलाई बधाई दिएका थिए।

उक्त कार्यक्रममा ३० पिन्टभन्दा धेरै रगत संकलन भएको आनले जनाएको छ।

कार्यक्रममा योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारी, आलोकनगर समाज अध्यक्ष रविन्द्र कुमार रिजाल, तथा आन अध्यक्षलगायतको सहभागिता थियो।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : २५ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता