मंगलबारबाट यु-१६ स्कूल क्रिकेट हुने « Khabarhub

मंगलबारबाट यु-१६ स्कूल क्रिकेट हुने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को सहकार्यमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सञ्चालन गर्ने यू—१६ नेसनल स्कूल क्रिकेट प्रतियोगिता मंगलबार (भोली) देखि शुरु हुने भएको छ ।

७ ओटा प्रदेशका ७ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा स्कूलस्तरका क्रिकेटरहरु सहभागी हुने आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
चैत १९ देखि २५ गतेसम्म चल्ले प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् भने २३ गते हुने खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता ३० ओभरमा खेलाइनेछ ।

सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ । प्रदेश नम्बर ३, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली समूह ‘ए’ मा छन् भने प्रदेश नम्बर १, प्रदेश नम्बर २ र सुदूरपश्चिम समूह ‘बी’ मा रहेका छन् । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष २ स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यसै प्रतियोगितालाई आधार मानेर थाइल्याण्डमा आयोजना हुने एसीसी यू—१६ इस्ट्रन रिजनका लागि खेलाडी छनोटसमेत गरीने नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रशिक्षक टमटाले प्रतियोगिताबाट क्षमतावान युुवा खेलाडीहरुलाई राष्ट्रिय टोलीसम्म आउने बाटो खुल्ने पनि बताए ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामाग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ३७ बजे

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा