मल नपाएपछि किसान चिन्तित « Khabarhub

मल नपाएपछि किसान चिन्तित


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – बन्दाबन्दीका कारण धानको बीउमा राख्ने मल नपाएपछि कपिलबस्तुका कृषक चिन्तित बनेका छन् ।

डिएपी र युरिया रासायनिक मल नपाएर चिन्तित बनेका किसान पूर्वपश्चिम राजमार्गको जीतपुर, गोरुसिङ्ग र चन्द्रौटा बजारमा मलको खोजीमा भौँतारिरहेका छन् ।

राजमार्ग क्षेत्रमा मल नपाएपछि तौलिहवा महाराजगञ्ज र बहादुरगञ्ज पुग्दासमेत मल नपाएको बुद्धभूमि नगरपालिका हरिहरपुरका बालकृष्ण पोखरेलले बताए । उनले मलको जोहो गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे ।

पटक पटक स्थानीय तह र कृषि सामग्री वितरण केन्द्रलाई मलका लागि भन्दा केही पहल नभएपछि मल खोज्दै बहादुरगञ्ज आएको उनको भनाइ थियो ।

किसानले बल्लबल्ल छरेको धानको बीउमा मल हाल्न नपाएपछि सुक्न थालेको अर्का किसान शिवपूजन यादवले बताए ।

पहिले बीउको अभाव भए पनि जेनतेन कहीँबाट व्यवस्था गरिए पनि अहिले मल नपाएर समस्या भएको यादवले दुखेसो पोखे । कोरोना भाइरसको समेत पर्वाह नगरी बिहानैदेखि मल किन्न आएका किसान मल नपाएपछि बहादुरगञ्जबाट रित्तो फर्किएका छन् ।

कपिलवस्तु कृषि ज्ञान केन्द्रले मल पर्याप्त मात्रमा नरहेकाले अहिले बिक्रीवितरण नगरिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र रोपाइँका समयमा वितरण गरिने निर्णय भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोविन्द अर्यालले जानकारी दिए ।

कपिलवस्तुमा अहिले ४६ टन डिएपी मल र १० टन युरिया मल मात्र छ । आउने हप्ता अर्को बैठक बसेर मलका विषयमा निर्णय गरिने उनले बताए । कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जसका लागि पाँच हजार टन मल आवश्यक हुन्छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ९ : २० बजे

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण

ओली-दाहाल संवादबीच उपाध्यक्ष गुरुङ भन्छन् : नेकपासँग तालमेलको सम्भावना छैन

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

एजेन्सी– अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि