नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप २७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ३३५  पुगेको जानकारी दिएका हुन् ।

डाक्टर गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेका छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९१३ पुगेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ४ : २० बजे

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) पार्टी

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं– सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान

सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा दिल्लीविरुद्ध कलकताको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज अक्षय तृतीया पर्व मनाइँदै : सातु र सर्वत दान गर्ने परम्परा

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय