चीनमा थप ४५ जना कोरोना संक्रमित भेटिए « Khabarhub

चीनमा थप ४५ जना कोरोना संक्रमित भेटिए


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चीनको राजधानी बेइजिङस्थित एक होलसेल बजारका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बेइजिङको दक्षिण-पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

थप कोरोना संक्रमित भेटिएपछि सो क्षेत्रलाई ’युद्धकालीन आपतकाल’ घोषणा गरिएको छ ।

संक्रमित भेटिएका क्षेत्रका सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ । संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको समेत आशंका गरिएको छ ।

नयाँ कोरोना भाइरस संक्रमितहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिएको जनाइएको छ ।  संक्रमित देखिएपछि सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति सील गरिएको छ ।

आइतबार विहानसम्म विश्वभर कोरोनाको महामारीका कारण संसारभर ७८ लाख बढी मानिस संक्रमित भएका छन् भने ४ लाख ३२ हजार बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ९ : २५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ