विदेशमा कोरोनाबाट नेपालीको मृत्यु क्रम रोकियो | Khabarhub Khabarhub

विदेशमा कोरोनाबाट नेपालीको मृत्यु क्रम रोकियो


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन ।

एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ । डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

समितिले संकलन गरेको तथ्यांकानुसार विदेशमा रहेका १७ हजार ७९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १२७ विदेशमा तथा नेपालमा १८ जना नेपालीको निधन भएको छ ।

सापकोटाका अनुसार नेपालका पाँच हजार ३३५ सहित ३५ देशमा २३ हजार १२७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो ।

सहयोग

एनआरएनएले विदेशमा अलपत्र नेपालीका लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यस साता गर्भवती र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा समस्यामा परेका नेपाली गर्भवती र बालबालिकाका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।

संघले कोभिड –१९ बाट पीडित गैरआवासीय नेपालीलाई तेस्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर तथा फ्रान्स र डेनमार्कमा रहेका नेपालीका लागि दुई हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।

यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, इटली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साइप्रसमा कोरोनाबाट प्रभावित नेपालीका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो । एनआरएनले हालसम्म विदेशमा कोभिड पीडित नेपालीका लागि रु ६६ लाख सहयोग गरिसकेको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

उद्धार

एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म एनआरएन र विदेशस्थित नेपाली दूतावासको समन्वयमा म्यानमाबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी ५११ जनाको उद्धार गरिएको छ ।

राष्ट्र संघमा छलफल

नेपाली श्रमिकको उद्धारका लागि एनआरएनएले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीका अनुसार राष्ट्र संघअन्तर्गतको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आइओएम) सँग संघका अध्यक्ष पन्तसहितको टोलीले छलफल गरेको थियो ।

गत बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनका प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्धारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिनुभएको थियो । आइओएम कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको एनआरएनले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : १० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड