सङ्क्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका | Khabarhub Khabarhub

सङ्क्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना भाइरस सङ्क्रमितको व्यवस्थापन माडी नगरपालिकाले आफैँले शुरु गरेको छ ।

नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी त्यहीँ सङ्क्रमित राख्न थालेको छ । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ सात सङ्क्रमित रहेका छन् ।

शुक्रबार सङ्क्रमण पुष्टि भएका आठमध्ये एक जनालाई भरतपुर अस्पताल पठाइएको छ भने सात जनालाई त्यहीँ राखिएको छ । माडी क्याम्पसमा १७ शय्याको आइसोलेसन तयारी अवस्थामा छ । १३ शय्या थप गर्न लागिएको ढकालले जानकारी दिए ।

उनीहरुलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । चिकित्सकसहितको स्वास्थ्य टोली त्यहीँ तयारी अवस्थामा राखिएको छ । माडीको बघौँडा अस्पतालमा दुई शय्याको भेन्टिलेटरसहितको सघन उपचारकक्ष निर्माण गर्न लागिएको छ । ढकालले भने, “भरतपुरको एक मेडिकल कलेजसँग छलफल भइरहेको छ । केही दिनमै हामी सघन उपचारकक्ष तयार गर्छौँ ।”

सङ्क्रमित दीर्घरोगी भएर ज्वरो आएमा भरतपुर अस्पतालको आइसोलेसनमा पठाउने भए पनि अन्यलाई माडीमै राखिने उनको भनाइ छ । सघन उपचारकक्ष बनेपछि सबैलाई माडीमा राखिने उनले बताए । नगरपालिकाले स्वाब परीक्षणका लागि किट आफैँले खरिद गर्न शुरु गरेको छ । पहिलो चरणमा २०० पिसीआर किट खरिद गरिएको उनले जानकारी दिए।

किट खरिदका लागि १० लाख विनियोजन गरिएको छ । ढकालका अनुसार रकम अपुग भएमा थप गरिनेछ । उनले भने, “हामी सङ्क्रमणमुक्त भएको प्रमाण हुने गरी परीक्षण गराएर मात्र घर पठाउँछौँ ।”

नगरपालिकामा स्थापना गरिएका १२ क्वारेन्टिनमध्ये पाँच वटामा मानिस छन् । त्यहाँ २३४ जना रहेका छन् । नगरपालिकाको तथ्याङ्कअनुसार भारतमा मात्र दुई हजार ८०० माडीवासी छन् । तेस्रो मुलकमा यो सङ्ख्या एक हजार ४०० रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिए । जिल्लामा पहिलोपटक नगरपालिकाले भारतबाट मानिस ल्याएको थियो ।

सङ्क्रमित भरतपुर अस्पताल सारियो

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालमा रहेका दुई महिलासहित १७ लाई शनिबार साँझ भरतपुर अस्पताल सारिएको हो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ । यसैगरी पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमितलाई सारिएको हो । कोरोना अस्पतालमा हाल पाँच जना रहेका छन् । तिनीहरुमध्ये अधिकांशले १४ दिन पार गरेकाले घर पठाउने तयारी गरिएको छ ।

सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमितलाई सारिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिएको छ । हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ ।

ती दुई वार्ड र क्याबिनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए । अस्पतालले कोभिड–१९ का लागि १० शय्याको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले जानकारी दिए ।

भरतपुर अस्पतालमा रहेका नौमध्ये दुई घर फर्किँदैछन् । त्यहाँ थप १७ जना लगिएको हो । उनीहरुलाई अस्पतालको पछाडिपट्टिबाट छुट्टै बाटो बनाएर सो क्षेत्रलाई सिल गरी व्यवस्थित ढङ्गबाट राखिएको तिवारीको भनाइ छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १ : २४ बजे

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै