प्रधानमन्त्रीको इम्युनिटी पावर बढाउन सप्तरीका स्थानीयले अदुवा र बेसार पठाए « Khabarhub

प्रधानमन्त्रीको इम्युनिटी पावर बढाउन सप्तरीका स्थानीयले अदुवा र बेसार पठाए


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– प्रधानमन्त्री केपी शर्मा ओलीको रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सप्तरीबाट लसुन अदुवा र बेसार उपहार पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत राष्ट्रभक्त आम नेपाली जनताका नाममा उक्त सामग्री पठाइएको हो ।

विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको र नेपालले समयमै व्यवस्थापनको ध्यान नदिएपनि प्रधानमन्त्री ओलीले संसदमा इम्युनिटी बढाउन अदुवा बेसार र लसुन खान प्रेरित गरेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै यी सामग्री पठाइएको उल्लेख गरिएको छ ।

११ जनाले सामूहिक हस्ताक्षर गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई उपहार पठाइएको छ ।

हस्ताक्षर गर्नेमा सुनिताकुमारी साह, मानती सदा, पुष्पा स्वर्णकार, प्रमिला मण्डल, उर्मिला साह, रामकृष्ण रजक, उपेन्द्र साह, सिघेश्वर साह, विजय साह, अर्जुन यादव र सञ्जीव दासले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १ : ३७ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति