​​​​​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा कोरोना कोषमा १५ लाख सहयोग « Khabarhub

​​​​​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा कोरोना कोषमा १५ लाख सहयोग


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ​​​​​​​​​नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना कोषमा १५ लाख आर्थिक सहयोह गरेको छ ।

महासंघका प्रवक्ता ​मनोज कुमार साहले विज्ञप्ति जारी गर्दै कोरोना कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन् ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘​यस विपत्तिको घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नेपाल सरकार प्रधानमन्त्री राहत कोषलाई रु. १५ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।’

महासंघले संघ मातहतका ६५ वटा जिल्ला/नगर संघलाई परिचालित गरी संघमार्फत राहत वितरणको कार्य पनि जारी राखिएको जनाएको छ । यो विषम परिस्थितिमा संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको आवश्यकता रहेको समेत महासंघले जनाएको छ ।

कोरोना महामारीको समयमा सुनचाँदीको बजारलाई सामान्यीकरण गर्न व्यवसायी, आम उपभोक्ता एवं नेपाल सरकारबाट आवश्यक साथ र सहयोगको अपेक्षा समेत महासंघले गरेको छ ।

 

 

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ६ : ०१ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान