रोगप्रतिरोधी क्षमता बढाउन बहुउपयोगी कागती | Khabarhub Khabarhub

रोगप्रतिरोधी क्षमता बढाउन बहुउपयोगी कागती


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेट दुखेको, अपच, एसिडिटी, पेट फुल्ने समस्या, मोटोपना कम गर्न लगायतका कैयौं समस्यामा कागती एक रामवाण उपचार हो ।

कागतीको रसमा पाइने तत्वले कैयौं प्रकारको रोग निको पार्दछ । अझ गर्मी मौसममा त कागतीको सेवन निकै फाइदाजनक मानिन्छ । कागतीको सेवनले ब्लडप्रेसर सन्तुलित गर्नुका साथै पेटका समस्या समाधान गर्न पनि उत्तिकै उपयोगी हुन्छ ।

कागतीका फाइदा

१. नियमित कागती पानी पिउँदा शरीरमा इम्यूनिटी पावर बढेर जान्छ ।
२. कागतीमा हुने आइरन, म्याग्नेसियम, फस्फोरस, क्यालसियम, पोटासियम र जिंक जस्ता मिनरलले शरीरको बिभिन्न आवश्यकता पुरा गर्दछ ।
३. कागती हाम्रो शरीरको पिएच स्तर सन्तुलित बनाएर राख्न मद्दत गर्दछ ।
४. कागतीको सेवनले पाचन प्रणाली स्वस्थ्यहुनुका साथै रोगप्रतिरोध क्षमता बढेर जान्छ ।
५. कागतीमा थियामिन, नयासिन, रिबोफ्लोविन, भिटामिन बी ६, भिटामिन ई र फोलेट जस्ता कैयौ लाभदायक भिटामिन पाइन्छ । यसले कब्जीयत, मृगौला, घाँटी दुखेको र गिजाको समस्यामा राहत पुर्याउँछ ।
६. कागती ब्लडप्रेसर, डिप्रेशन र लिभर सन्तुलित राख्न उपयोगी हुन्छ ।
७. कागतीको सेवनले सुगरमा सन्तुलन पार्न सकिन्छ ।

कागती सेवनगर्दा अपाउनुु पर्ने सावधानीहरु :

कागती पानी पिए लगत्तै दाँत माझ्नु हुदैन ।
कागती सबै मानिसका लागी उपयोगी नहुन सक्छ । कतिपयलाई यसको एलर्जी हुनसक्छ ।
अल्सरको समस्या भएकाहरुले कागतीको सेवन गर्नुहुदैन ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ५५ बजे

पियोर इनर्जीको आईपीओ बाँडफाँड 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

नेको इन्सुरेन्सले सात प्रतिशत बोनस दिने 

काठमाडौं– नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट

नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत

सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको