भक्तपुरमा सवारी साधन दुर्घटनामा दुईको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरमा सवारी साधन दुर्घटनामा दुईको मृत्यु


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुरथिमिको बोडे र कमलविनायकमा भएको सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेमा बा ५ ख ४३११ नं को पानीको ट्याङ्करले बा ९२ प. ७०७७ नं को स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा स्कुटर पछाडि सवार काठमाडौँ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी कार्कीको नेपाल कोरियामैत्री अस्पताल ठिमीमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए ।

प्रहरीले ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ०९ बजे

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका