सन्दीपको सनसनीपूर्ण प्रदर्शन, पञ्जावविरुद्ध लिए २ विकेट « Khabarhub

सन्दीपको सनसनीपूर्ण प्रदर्शन, पञ्जावविरुद्ध लिए २ विकेट


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले किङ्स—११ पञ्जावविरुद्ध दुई विकेट लिएका छन् ।

सन्दीपले खेलको १४ औं ओभरको पाँचौं बलमा पञ्जावका आक्रामक ब्याटिङ गरीरहेका सर्फराज खानलाई  दोस्रो विकेटका रुपमा आउट गरे । खानले २९ बलमा ३९ रन बनाएका थिए ।

दिल्लीका लागि सर्फराजको यो विकेट टर्निङ पोइन्ट पनि बन्न सक्छ । यसअघि पहिलो विकेटका रुपमा सन्दीपले पञ्जावका साम कुरानलाई एलबिडब्लु धराप पारेका थिए । कुरान २० रनमा खेलिरहँदा एलबिडब्लु आउट भए ।

पञ्जावविरुद्ध आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिएका हुन् । योसँगै सन्दीपको यो सिजनमा दुई खेलबाट विकेट संख्या ३ पुगेको छ ।

दिल्लीले सन्दीपको प्रदर्शनको विश्वास गर्दै भारतीय अनुभवी स्पिनर अमित मिश्रालाई मैदान बाहिर राखेको थियो ।

आजको खेलमा सन्दीपले आफ्नो बलिङ फिगर उत्कृष्ट बनाएका छन् । उनले ४ आभेर पूरा बलिङ गरेर २७ रन खर्चेर २ विकेट लिए ।

दिल्लीका बलरहरुको प्रत्येक बलमा पञ्जावका ब्याट्सम्यानले बाउन्ड्री प्रहार गरेपनि सन्दीपले पहिलो र चौथो आभेरमा रन नियन्त्रण गरेका थिए ।
दिल्ली टिम
पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, अमित मिश्रा—अक्जर पटेल, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ३२ बजे

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक