कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध ! « Khabarhub

कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध !


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने त्यहाँका संक्रामक रोग विशेषज्ञले सुझाव दिएका छन् ।

अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउसीले अमेरिका यात्राको प्रतिबन्ध कोरोनाको खोप पत्ता नलागेसम्म कायम गर्नु पर्ने सुझाव दिएका हुन् ।

टेलिग्राफ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा फाउसीले प्रतिबन्ध कोरोना भाइरसको खोप पत्ता नलागेसम्म जारी रहन सक्ने बताएका हुन् ।

यो वर्ष जाडो मौसममा कोरोना संक्रमण हुँदैन भन्ने आफूलाई विश्वास नलागेको बताएका उनले त्यतिन्जेलसम्म खोप लगाउन पाइने विश्वास व्यक्त गरेका छन् ।

उनले अमेरिकामा कोरोनो भाइरसको संक्रमणको प्रकोप नरोकिएको र अझै केही समय लाग्ने भन्दै यात्राको प्रतिवन्ध हट्न अझै महिनौं लाग्ने बताएका हुन् ।

लकडाउनमा छुट दिएसँगै दोस्रोपटक कोरोना संक्रमणको दर पहिलाकै अवस्थामा फैलिन सक्ने स्वास्थ्य विज्ञहरुले बताइरहेको बीबीसीले जनाएको छ ।

गत मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, बेलायत, चीन र ब्राजिलबाट अमेरिका प्रवेश प्रतिबन्ध लगाएका थिए ।

अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ भने २१ लाख ८२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : ०४ बजे

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।