लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु | Khabarhub Khabarhub

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत- चीनको सीमा क्षेत्र लद्दाखमा झडप भएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा ३ भारतीय सैनिकको मृत्यु भएको छ ।

एक भारतीय सेनाका अफिसरसहित दुई सैनिकको ज्यान गएको अन्तराष्ट्रिय समाचार माध्ययमले जनाएका छन ।

पूर्वी लद्दाख क्षेत्रको चार अवरोध बिन्दु मध्ये एक गाल्वान भ्यालीमा भारतीय र चिनियाँ सैनिकको हिंसात्मक मुठभेड भएको भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । झडपमा एक सेनाका अधिकारी र दुई सैनिकको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

103143591_4327913707280302_7717347016946696954_o_061620011339.jpg

भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा मारिएको जनाएको छ।

केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।

भारतले चीनको सीमामा जारी तनाव कम गर्न प्रयास भैरहेको बताएको छ। आफ्नो तीन सैनिक अधिकारी मारिएको विषयमा जानकारी दिँदै भारतीय सेनाले दुवैतर्फ सैनिक फिर्ताको प्रक्रिया भइरहेको समयमा सो घटना भएको जनाएको छ।

‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’

 झडपको विषयलाई लिएर दुवै देशले आआफ्नै दाबी गरेका छन् । चिनियाँ पक्षले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।

यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।

लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ०२ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा