कांग्रेसले प्रधानमन्त्री ओलीलाई बुझायो ध्यानाकर्षण पत्र (पूर्ण पाठसहित) « Khabarhub

कांग्रेसले प्रधानमन्त्री ओलीलाई बुझायो ध्यानाकर्षण पत्र (पूर्ण पाठसहित)


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रभावकारी कदम चाल्न ध्यानाकार्षण पत्र बुझाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर उक्त ध्यानाकार्षण पत्र बुझाइएको हो ।

खाँणको नेतृत्वमा गएको टोलीमा भीमसेनदास प्रधान, गगन कुमार थापा, राजेन्द्र कुमार केसीलगायत सहभागी थिए ।

कांग्रेसले बुझाएको ध्यानाकर्षण  पत्रको पूर्ण पाठ

यसैगरी जिल्ला कार्यसमिति काठमाडौंले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पीसीआर परीक्षणको दायर बढाउनुपर्ने र जोखिमको अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका लागि सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्नुपर्ने माग गरिएको छ ।

साथै काठमाडौंमा कोरोना भाइरस रोकथामका लागि अझ प्रभावकारी काम गर्नुपर्ने, राहतलाई न्यायपूर्ण ढंगबाट बाँड्नुपर्ने, शैक्षिक संस्था, होटल व्यवसाय, औद्योगीक क्षेत्रलगायत सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानका लागि विशेष कार्यक्रमका साथै कोरोना संक्रमित र अन्य दीर्घरोगीका लागि स्वास्थ्योपचारको उचित व्यवस्था गर्न माग गरिएको छ ।

सभापति बानियाँद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा रोगविरुद्ध सबै नेपाली एकजुट भई जनतालाई स्वस्थ राख्न तथा अरु आवश्यक सामग्रीसहितका सुविधा दिनुपर्नेमा सरकारको अदूरदर्शिताका कारण कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ५ : २५ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

लुम्बिनी– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको