उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया- उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ ।

दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ । यस बारेमा मन्त्रालयले कुनै थप विवरण भने दिएको छैन ।

योनहाप न्यूज एजेन्सीले सम्प्रेषण गरेका तस्वीरहरुमा अन्तर–कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुँवाको मुस्लो उडेको देखिएको छ । एजेन्सीका अनुसार हाल बन्द रहेको औद्योगिक क्षेत्रमा अन्तर–कोरिया सम्पर्क कार्यालय रहेका थिए ।

उत्तर कोरियाले उक्त सम्पर्क कार्यालय भत्काउने यसअघि नै धम्की दिँदै आएको थियो । खासगरी सीमावर्ती क्षेत्रबाट दक्षिण कोरियाली अधिकारवादी समूह तथा व्यक्तिहरुले उत्तर कोरियाली नेताविरुद्ध पर्चाहरु बेलुनमार्फत उडाएको र त्यसलाई रोक्न दक्षिणले पर्याप्त काम नगरेको उत्तर कोरियाली आरोप लगाउँदै आएको थियो ।

केही विज्ञहरुले भने अमेरिकी अग्रसरतामा उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरुका कारण संयुक्त आर्थिक परियोजनाहरु पुनः शुरु गराउन दक्षिण कोरिया असफल भएकाले त्यसैको रिस फेर्न संयुक्त कार्यालय ध्वस्त बनाइएको बताएका छन् ।

शनिबार राति उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले उपयोगिताविहीन अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त पारिदिने चेतावनी दिनु भएको थियो ।

सन् २०१८ मा दुबै कोरियाबीच सहमतिका अनुसार काइसोङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरिएको थियो । यस कार्यालयले दुबै मुलुकबीचको संचार सम्पर्कलाई सहज र सुदृढ बनाउने लक्ष्य राखिएको थियो ।

यो कार्यालय स्थापना हुँदाताका दुबै कोरियाबीचको सम्बन्ध निकै प्रगाढ भएको थियो । उत्तर कोरिया आणविक निःशस्त्रीकरण वार्तामा पनि बसेको थियो ।

अघिल्लो मङ्गलबार उत्तर कोरियाली सेनाले अन्तर–कोरियाली शान्ति सम्झौता बमोजिम तोकिएको असैनिक क्षेत्रमा पुनः प्रवेश गर्ने चेतावनी दिएको थियो ।

उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ को शुरुमा भियतनाममा भएको दोस्रो द्विपक्षीय वार्ता विना निष्कर्ष समाप्त भएसँगै दुबै देशबीचको सम्बन्ध सोचेजति सकारात्मक हुन सकेको छैन ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ५ : ३१ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले