विप्रेषण आप्रवाह ६ प्रतिशतले घट्यो « Khabarhub

विप्रेषण आप्रवाह ६ प्रतिशतले घट्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैशाख महिनामा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा विप्रेषण आप्रवाहमा ६ दशमलब १ प्रतिशतले कमी आएको हो ।

चालु आर्थिक वर्षको १० महिनाको अवधीमा विप्रेषण आप्रवाहमा कमी आई ६ खर्ब ८४ अर्ब कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलब ६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यसै अवधिमा मुल्य वृद्धि उकालो लागेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मुद्रास्फिती ६.४६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फिती ५ दशमलब ८६ प्रतिशत थियो । यस्तै यसै अवधिमा खाद्य तथा पेय पदार्थको उच्च मुल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा खाद्य पदार्थको मुद्रास्फिती ८ दशमलब ६६ प्रतिशत तथा गैरखाद्य पदार्थको मुद्रास्फिती ३ दशमलब ६७ प्रतिशत रहेको छ । यस अवधिमा शोधनान्तर १ खर्ब २० अर्ब बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक व्यापार तर्फ आयात १३ दशमलब २ प्रतिशतले घट्दा निर्यात ४ दशमलब ५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा ८२ अर्ब ६ करोडको वस्तु निर्यात हुँदा आयात १३ प्रतिशतले कमी आई १० खर्ब २५ अर्ब भएको नेपाल राष्ट्र बैंकले जनााएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : १७ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन