भारत–चीनबीच लद्दाखमा भिडन्त : मारिने भारतीय सेनाको संख्या २० पुग्यो « Khabarhub

भारत–चीनबीच लद्दाखमा भिडन्त : मारिने भारतीय सेनाको संख्या २० पुग्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत र चीनको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ ।

भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ।

यसअघि तीन जनाको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको थियो । योसँगै ज्यान गुमाउने संख्या २० पुगेको हो ।

ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल रहेका छन् । अन्यको नाम भने सार्वजनिक भएको छैन ।

झडपमा चीनयाँ पाँच सैनिक मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

झडपमा ३४ भारतीय सैनिक बेपत्ता भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले जनाएको छ ।

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्।

लद्दाखको गालवन भ्यालीमा सोमबार राति झडप भएको हो । पछिल्लो केही समय यता सो क्षेत्रमा दुई देशबीच तनाव जारी रहेको छ । तनावलाई कम गर्न दुईदेशबीच छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको हो ।

केही समय यता लद्दाखमा भारत र चीनबीच सीमाका विषयमा विवाद हुँदै आएको थियो । दुबै पक्षले सीमा क्षेत्रमा सैनिक संख्या बढाएका थिए ।

भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।

झडपको विषयलाई लिएर दुवै देशले एक अर्कालाई दोषारोपण गरेका छन् ।

यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।

लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।

यो पनि पढौं-

४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ५७ बजे

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप

रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४

सरकारी विज्ञापन निर्णयविरुद्ध महासंघद्वारा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौं– सरकारी सूचना (विज्ञापन) सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरूद्व आन्दोलनरत