पश्चिमका पहाडी भू-भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

पश्चिमका पहाडी भू-भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका पूर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहने जनाएको छ ।

महाशाखाले अपरान्ह पश्चात देशको पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जनका साथै हावाहुरीको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

त्यस्तै राति देशको पुर्वी भू-भाग लगायात मध्य पहाडी भू-भागमा आंशिक बदलि रहने महाशाखाले जनाएको छ । देशको पुर्वी भू-भागका राति एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको पूर्वानुमान गरिएको छ ।

बुधबार पनि देशको पुर्वी भू-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।

बुधबार (भोलि) अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनसहित हावाहुरीको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । बुधबार राति देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सफा रहने जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले विहीबार दिउँसो देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

विहीबार अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी रातिको समयमा भने विहीबार पहाडी भू-भागहरुमा आंशिक बदली हुने देखिए पनि बाँकी भू-भागहरुको मौसम भने सामान्य रहने जनाइएको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ०१ बजे

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

काठमाडौं– भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको