विश्वमा सबैभन्दा बढी सुन अमेरिकामा, नेपालमा कति छ ? | Khabarhub Khabarhub

विश्वमा सबैभन्दा बढी सुन अमेरिकामा, नेपालमा कति छ ?


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुमुल्य धातु सुन सबैका लागि महत्वपूर्ण भए पनि यसका विषयमा सबैलाई धेरै जानकारी नहुन सक्छ ।

‘वर्ल्ड गोल्ड काउन्सिल’का अनुसार हालसम्म विश्वमा १ लाख ९० हजार ४० मेट्रिक टन सुन निकालिएको छ ।

जसमध्ये गहनाका रूपमा ९० हजार टन भन्दा बढी प्रयोग गरिएको पाइएको छ भने अन्य सुन अरू कामका लागि प्रयोग भइरहेको छ ।

कुन देशमा कति सुन छ भन्ने विषयमा पनि मानिसहरुलाई कौतुहलता लागेको हुन सक्छ ।

हालसम्म सबैभन्दा धेरै सुन भएको मुलुुकको सूचीमा अमेरिका पहिलो नम्बरमा रहेको छ । जहाँ  ८ हजार १ सय ३३ टन सुन रहेको जनाइएको छ ।

त्यसैगरी दोस्रो नम्बरमा जर्मनी पर्छ । जहाँ ३ हजार ६ सय ६६ टन सुन छ । सुन धेरै हुने तेस्रो मुलुक भने इटाली  हो । इटालीमा २ हजार ४ सय ५१ टन सुन रहेको छ ।

सुन धेरै हुने मुलुकको सूचीमा छिमेकी मुलुक भारत पनि विश्वमा ९ औं नम्बरमा रहेको छ । भारतमा ६ हजार १ सय १८ टन सुन रहेको  तथ्यांक छ ।

नेपालमा  पनि करीब ६ टन सुन रहेको छ । ट्रेडिङ इकोनोमिक्स डट कमका अनुसार नेपालमा सुनको मात्रा  ६.४३ टन छ । सन् २००० भन्दा अघि यो मात्रा जम्मा ३ टन थियो ।

 

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : ५६ बजे

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन्

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि