विश्वमा सबैभन्दा बढी सुन अमेरिकामा, नेपालमा कति छ ? « Khabarhub

विश्वमा सबैभन्दा बढी सुन अमेरिकामा, नेपालमा कति छ ?


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुमुल्य धातु सुन सबैका लागि महत्वपूर्ण भए पनि यसका विषयमा सबैलाई धेरै जानकारी नहुन सक्छ ।

‘वर्ल्ड गोल्ड काउन्सिल’का अनुसार हालसम्म विश्वमा १ लाख ९० हजार ४० मेट्रिक टन सुन निकालिएको छ ।

जसमध्ये गहनाका रूपमा ९० हजार टन भन्दा बढी प्रयोग गरिएको पाइएको छ भने अन्य सुन अरू कामका लागि प्रयोग भइरहेको छ ।

कुन देशमा कति सुन छ भन्ने विषयमा पनि मानिसहरुलाई कौतुहलता लागेको हुन सक्छ ।

हालसम्म सबैभन्दा धेरै सुन भएको मुलुुकको सूचीमा अमेरिका पहिलो नम्बरमा रहेको छ । जहाँ  ८ हजार १ सय ३३ टन सुन रहेको जनाइएको छ ।

त्यसैगरी दोस्रो नम्बरमा जर्मनी पर्छ । जहाँ ३ हजार ६ सय ६६ टन सुन छ । सुन धेरै हुने तेस्रो मुलुक भने इटाली  हो । इटालीमा २ हजार ४ सय ५१ टन सुन रहेको छ ।

सुन धेरै हुने मुलुकको सूचीमा छिमेकी मुलुक भारत पनि विश्वमा ९ औं नम्बरमा रहेको छ । भारतमा ६ हजार १ सय १८ टन सुन रहेको  तथ्यांक छ ।

नेपालमा  पनि करीब ६ टन सुन रहेको छ । ट्रेडिङ इकोनोमिक्स डट कमका अनुसार नेपालमा सुनको मात्रा  ६.४३ टन छ । सन् २००० भन्दा अघि यो मात्रा जम्मा ३ टन थियो ।

 

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : ५६ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान