बसको ठक्करबाट एकको मृत्यु « Khabarhub

बसको ठक्करबाट एकको मृत्यु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–७ बतहा पुल नजिकै बसको ठक्करबाट एकको मृत्यु भएको छ भने अर्काे एक घाइते भएका छन् ।

पश्चिमबाट पूर्व आउँदै गरेको भारतीय तीर्थयात्री बोकेको डब्लुबी २९बी६१७४ नंको बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको सुखीपुर नगरपालिका–७ बलही निवासी ३५ वर्षीय रामलखन साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते मिर्चैया नगरपालिका–४ निवासी ३० वर्षीय भद्रकाली महासेठलाई उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : २५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी