बसको ठक्करबाट एकको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट एकको मृत्यु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–७ बतहा पुल नजिकै बसको ठक्करबाट एकको मृत्यु भएको छ भने अर्काे एक घाइते भएका छन् ।

पश्चिमबाट पूर्व आउँदै गरेको भारतीय तीर्थयात्री बोकेको डब्लुबी २९बी६१७४ नंको बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको सुखीपुर नगरपालिका–७ बलही निवासी ३५ वर्षीय रामलखन साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते मिर्चैया नगरपालिका–४ निवासी ३० वर्षीय भद्रकाली महासेठलाई उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : २५ बजे

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। दोहामा

भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३

पश्चिमी वायुको प्रभाव कायमै : कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १७ गते सोमबार। कात्तिक