बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध « Khabarhub

बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्‍याएपछि आवत जावत अवरुद्ध भएको छ ।

तनुहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिए ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पुर्‍याएको उनले बताए । ‘पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।’

बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताए ।

उनले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताए ।

‘पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ’, उनले भने, ‘बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।’ उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ३ : ५० बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस