स्पेनिस ला लिगा : रियल सोसिडाड एलाभेसँग पराजित « Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाड एलाभेसँग पराजित


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ ।

विहीबार राति भएको खेलमा एलाभेससँग सोसिडाड २- ० ले पराजित भएको हो ।

खेलमा बल पोजेसनमा पकड बनाए पनि रियल सोसिडाडले घरेलु टोलीविरुद्ध गतिलो आक्रमण बुन्न नसक्दा पराजित भएको हो ।

५६औं मिनेटमा बोर्जा सेइनजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेका थिए ।

एक गोलले पछि परेको रियल सोसिडाडका जोसेवा जाल्डुआ दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिए । त्यसपछि घरेलु टोलीका थोमस पिना ८७औं मिनेटमा दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिदा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

इन्ज्युरी समयको अन्त्यतिर मार्टिन एगुइररेगाविरियाले गोल गर्दै एलाभेसलाई २–० को जीत दिलाए । जीतसँगै एलाभेस ३५ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।

हारसँगै रियल सोसिडाडले भने शीर्ष चारमा पर्ने मौका गुमाएको छ । सोसिडाड २९ खेलबाट ४७ अंक जोडेर छैठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ४४ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको