कतार एयरवेजले नयाँ विमान नकिन्ने, अर्डर समेत खारेज « Khabarhub

कतार एयरवेजले नयाँ विमान नकिन्ने, अर्डर समेत खारेज


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ।

कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ।

गत मार्चसम्ममा २३४ वटा विमान संख्या रहेको तथा विश्वका १७० भन्दा बढी गन्तव्यमा उड्ने कतार एयरवेजले विमानस्थलहरु बन्द तथा यात्रा प्रतिबन्धका कारण ठूलो समस्यासँग जुधिरहेको छ।

अन्तर्राष्ट्रिय हवाई यात्रा संघले गत अप्रिलमा मध्यपूर्व र उत्तर अमेरिकाको हवाई यात्रामा यस वर्ष आधाभन्दा बढीले कमी आउने चेतावनी दिएको थियो।

कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल–बाकरले नयाँ विमान खरिदका आदेशहरु रद्द गरिएको जानकारी दिए । उनले कम्पनीका तर्फबाट सन् २०२० र अर्को वर्ष नयाँ कुनै विमान खरिद नगर्ने बारेमा बोइङ र एयरबसलाई जानकारी गराइसकिएको पनि बताए ।

अल–बाकरले अर्को दुई वा तीन वर्षभित्र खरिद गर्नेगरी दिइएको अर्डर पनि अब आठदेखि १० वर्ष पछि सारिएको बताए । तर सोचेभन्दा चाँडो परिस्थितिमा सुधार भए हवाई जहाज खरिदमा पुनर्विचार गरिने उनले स्पष्ट गरे ।

कतार एयरवेजले अहिले वित्तीय संकटको सामना गर्नु परेको कम्पनीले जनाएको छ। मार्च २०१९ सम्ममा कम्पनीले करिब ६४ करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ५७ बजे

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च