अंगीकृत नागरिकताको व्यवस्था गर्न ‌ओली-प्रचण्ड सहमत | Khabarhub Khabarhub

अंगीकृत नागरिकताको व्यवस्था गर्न ‌ओली-प्रचण्ड सहमत


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्ययवस्था परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहमत भएको उक्त पार्टीका सांसदहरूले बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा २ वर्षदेखि विवादित रूपमा अड्किएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे समितिमा रहेका पार्टीका सांसदहरूसँगको छलफलमा उक्त संकेत दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्ने बेला आएको बताएका हुन् । बैठकमा सहभागी सांसदहरूले समिति सचिवालयले ल्याएको विवाह गरेको ७ वर्षपछि वैवाहिक नागरिकता दिने प्रस्तावमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सहमति जनाएका हुन् ।

नेकपा सांसद पम्फा भुषालले यसमा अध्यक्षद्वय सहमत भएको बताइन् । बालुवाटार बैठकमा बोलेका राज्यव्यवस्थाका सदस्यहरूले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने भन्दै समान धारणा राखेको सांसद विजय सुब्बाले बताए ।

प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गरेपछि समितिमा प्रतिनिधित्व गर्ने आफ्नै पार्टीका सांसादहरूसँग छलफल गरेका प्रधानमन्त्रीले उक्त विधेयक बहुमतबाटै अगाडि बढ्ने संकेत गरेको सहभागी सांसदले बताएका छन् ।

अहिलेको व्यवस्था कायमै राख्नुपर्ने भनिरहेकाले कांग्रेससँग सहमति हुन सकेन भनेको उनीहरूले बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : १५ बजे

पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य अन्य गर्छौँ : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’

जसपा नेतृ सिंहले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, हल्दी समारोहमा गरेकी थिइन् फायर

काठमाडौं- जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा 

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित

शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित

काठमाडौं- सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर