प्रदेश ३ को राजधानी हेटौँडामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन « Khabarhub

प्रदेश ३ को राजधानी हेटौँडामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– सरकारले अधिनायकवादी कार्यशैली देखाएको भन्दै नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा प्रर्दशन गरेको छ ।

सरकारले एक वर्षमा आर्थिक समृद्धिको काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र अन्तराष्ट्रिय कुटनीति समेत कायम गर्न नसकेको भन्दै प्रदर्शन गरेको हो । कम्युनिष्ट सरकारले संविधान र संसदीय अभ्यासलाई कमजोर पार्न खोजे कांग्रेसले संसद र सडकबाट खबरदारी गर्ने जनाएको छ ।

नेपाली कांग्रेस मकवापनुरले गरेको विरोध प्रर्दशनमा सहभागीहरुले अधिनायकवादी कार्यशैली रोक्नुपर्ने, संसदीय मर्यादा कायम हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, निर्मला पन्तलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै विरोध जनाएका थिए ।

हेटौँडाको ४ वटा नाकाबाट ¥यालीसहित प्रदर्शन उत्रिएका कांग्रेस कार्यकताले सरकारको चर्को आलोचना गरेका थिए ।

प्रदर्शनपछि र्‍याली कोणसभामा परिणत भएको थियो । सभामा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय संसदकी सचेतक पुष्पा भुसालले वर्तमान सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरेकी थिइन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ४ : ०२ बजे

एमाले–नेकपा एकता : आलोचनात्मक चेत राख्ने नेकपा नेताहरूको असहमति

काठमाडौं– पछिल्लो समय नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

पर्यटकलाई आकर्षित गर्दै बराहताल

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म

लहानमा सडक विस्तारले गति लिँदै

सिरहा- सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको

सामाजिक सञ्जालमा बिरामीको गोपनीयता नखुलाउन मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमए) ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक

प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप भिडियोलाई लिएर