शान्तिपूर्ण तवरले सीमा समस्या समाधान गर्न भारत र चीनलाई नेपालको सुझाव | Khabarhub Khabarhub

शान्तिपूर्ण तवरले सीमा समस्या समाधान गर्न भारत र चीनलाई नेपालको सुझाव


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले दुई छिमेकी राष्ट्र भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह विज्ञप्ति जारी गर्दै लद्दाखको गलवान उपत्यका क्षेत्रमा भएको भिडन्तपछि उब्जिएको समस्या शान्तिपूर्ण तवरले समाधान गर्न सुझाव दिएको हो ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तीमा उल्लेख छ ।

नेपालले दुई मित्रवत छिमेकीहरु समस्या समाधानमा समक्ष रहने समेत विश्वास व्यक्त गरेको छ ।

१५ जुनका दिन गलवान भ्यालीमा सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो ।झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : २२ बजे

रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध

काठमाडौं– आशन्न स्थानीय तहको उपनिर्वाचनअन्तर्गत रुकुम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिका–२ को

‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली

बरहथवा– सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत

नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

नेपाल प्रिमियर लिगसँग जोडियो नेपाल टेलिकम

काठमाडौं– यहि मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर

धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

तम्घास – जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय