क्वारेन्टिनमै योगाभ्यास र परामर्श « Khabarhub

क्वारेन्टिनमै योगाभ्यास र परामर्श


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टिनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँगै परामर्श दिन थालेको छ ।

केन्द्रले योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडीबुटीसहित आयुर्वेद औषधि पनि वितरणसहित परामर्श दिन थालेको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले क्वारेन्टिन स्थापना गरी शङ्कास्पद मानिसलाई राख्दै आएको छ । जावलाखेलको क्वारेन्टिनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई राखिएको हो ।

केन्द्रका प्रशासन प्रमुख वरिष्ठ कविराज ईश्वरी ढकालले कोभिड–१९ का बारेमा कसरी सावधानी अपनाउने भन्ने बारेमा आवश्यक परामर्श दिने, आयुर्वेदजन्य औषधि तथा जडीबुटीको महत्व दर्शाउने र आत्मबल बढाउनका लागि आवश्यक उपायहरु जानकारी गराइएको बताए ।

आयुर्वेदले रोग लाग्न नदिनाका साथै दीर्घायु, सुखानुभूति एवं शरीरलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पु¥याउँछ । त्यसैले सरकारले पनि जडीबुटीजन्य वस्तुमा जोड दिन आम सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । आयुर्वेद औषधिसहित जडीबुटी तथा भिटामिनजन्य पौष्टिक तत्वको सेवनले स्वास्थ्यमा फाइदा पुग्ने चिकित्सकले बताएका छन् ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले क्वारेन्टिन एउटा परीक्षणको सामान्य घडी रहेकाले क्वारेन्टिन भन्ने बित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै आत्मबल दह्रो बनाउनु सुझाव दिए ।

केन्द्रका आयुर्वेद चिकित्सक तथा कविराजहरुले क्वारेन्टिनमा बस्दा आफन्त, नातागोता, इष्टमित्र एवं आफ्ना साथीहरु खुलेर मोबाइलमा गफ गर्ने, नेटमा आफ्ना कुराहरु शेयर गरेर आनन्द लिने, रमाउने, खेल खेलेर समय कटाउँदै मनोबल बलियो बनाउनुपर्ने सुझाव दिएका छन् ।

कोरोनाको सङ्क्रमणबाट बच्न मुख्यतः भौतिक दूरी कायम गर्ने, धेरै भीडभाडमा नजाने, नियमित मास्क लगाउने र सरसफाइमा विशेष ध्यान दिनुपर्छ । योगाभ्यासका क्रममा ललितपुर महानगरपालिका–५ का वडाध्यक्ष विकासमान श्रेष्ठले कोरोना कहरले आम नेपालीलाई एकै ठाउँमा ल्याएर परिचित गराइदिएको भन्दै विषम् परिस्थितिमा नआत्तिन र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आवश्यक उपायहरु अवलम्बन गर्न भनेका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनु शाक्यले रोग प्रतिराधात्मक क्षमता वृद्धि गर्न केन्द्रले क्वारेन्टिनमा बसेकालाई अश्वगन्धा चूर्ण, सेतोपलादी चूर्णसहित भिटामिन तथा अन्य पौष्टिक तत्वहरु वितरण गर्ने गरेको जानकारी दिए ।

उनले आवश्यकताअनुसार योगाभ्यास तथा आत्मबल बढाउनका लागि आवश्यक परामर्श कक्षा दिनसमेत केन्द्र तयार रहेको बताए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ११ : ०२ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय