हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गरिने « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गरिने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–   नेपाल प्रहरी श्रीमती सङ्घले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ । सङ्घले आइतबार साँझ हावाहुरीले क्षति पुर्‍याएको बारा र पर्साका विभिन्न बस्तीमा त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो ।

सङ्घका अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरुप सङ्घले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिइन् । “खाद्यान्नलगायत सामग्री आजै बारा र पर्सा लगेर वितरण गछौँँ,” उनले भनिन् । विसं २०४१ मा स्थापना भएको सङ्घले स्थापनाकालदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ । हावाहुरी प्रभावितको उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट १९ विशेषज्ञ चिकित्सकसहितको टोली उपचारमा खटिएको छ ।

यसैबीच सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हावाहुरीबाट प्रभावित बारा र पर्साका विभिन्न बस्तीको अवलोकन गरेका छन् । अवलोकनको क्रममा महानिरीक्षक खनालले खोज, उद्दार र राहतमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।  हावाहुरीबाट बारामा २६ र पर्सामा एकजनाको ज्यान गएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा २३ नेपाली र चार भारतीय रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ५८ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय