भारत – चीन तनाव नियालिरहेका छौँ – ट्रम्प « Khabarhub

भारत – चीन तनाव नियालिरहेका छौँ – ट्रम्प


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव नियालिरहेको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर पत्रकारसँग कुराकानी गर्दै उनले भारत – चीनबीचको तनावलाई नियालीरहेको र आवश्यक परे सहयोगका लागि इच्छुक रहेकोसमेत उनले जनाएका छन् ।

‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारत र चीनसँग कुरा गरिरहेका छौं । यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामी हेरिरहेका छौं । हामी उनीहरुलाई सहयोग गर्ने कोसिस गरिरहेका छौं ।’

यही जुन १५ मा लद्दाखको गलवानमा चीन र भारतका सैनिकबीच भएको हिंसात्मक झडपपछि राष्ट्रपति ट्रम्पले पहिलो पटक प्रतिक्रिया जनाएका हुन् । यसअघि उनले दुई मुलुकबीचको सीमा विवादमा आवश्यक परे मध्यस्तता गर्न पनि अमेरिका तयार रहेको प्रतिक्रिया जनाइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५७ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित