कोरोनाविरुद्ध सामूहिक प्रयासको आवश्यकता : मुख्यमन्त्री गुरुङ « Khabarhub

कोरोनाविरुद्ध सामूहिक प्रयासको आवश्यकता : मुख्यमन्त्री गुरुङ


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले कोरोना विरुद्ध आम सर्वसाधारण सचेत हुनुपर्ने बताए ।

उनले कोरोनाले पारेको असर न्यूनीकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नो तर्फबाट लाग्नुपर्ने र यस विरुद्धको लडाइँमा सामूहिक सचेतता आवश्यक भएको बताए ।

कार्यक्रममा उनलाई रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलब्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा रोटरी क्लब अफ डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लबले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामग्री र राहत उपलब्ध गराइसकेको जानकारी दिए ।

रोटरी क्लब अफ इन्टरनेशनले असारको दोस्रो हप्ताभित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परीक्षण मेशिन उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । कार्यक्रममा रोटरी क्लब अफ पोखराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १२ : ३८ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र