सडकको लापरवाहीले टेलिफोन अवरुद्ध | Khabarhub Khabarhub

सडकको लापरवाहीले टेलिफोन अवरुद्ध


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका–४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ ।

शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका–१, २, ३ र ४ गरी चारवटा वडाको सेवाका कारण एक हजार ६०० टेलिफोन एवं एडिएसएल सेवा अवरुद्ध भएको नेपाल टेलिकम जोरपाटी शाखाका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा बन्दाबन्दीमा घरमै बसेर इन्टरनेट सेवाका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।

घरमै बसेर काम गरिरहेका बेला पूर्वसूचना एक्कासि सेवा अवरुद्ध हुँदा दुःख पाएको स्थानीयवासी श्यामबहादुर श्रेष्ठले गुनासो गरे । निजी सवारी पनि जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएकाले आजदेखि कसरी काम गने भन्ने चिन्ता बढेको उनको भनाइ थियो । ढल बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले समन्वय नगर्दा यो समस्या आएको टेलिकमले जनाएको छ ।

जोरपाटी–सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले बताए ।

विकास निर्माणका काममा सरकारी कार्यालयबीच नै समन्वय नहुँदा विद्युत्, टेलिफोन र खानेपानी जस्ता अत्यावश्यक सेवा पटकपटक अवरुद्ध हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । यस सम्बन्धमा प्रतिक्रियाका लागि सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

सुन्दरीजल क्षेत्रमा सडक विस्तारको काम गर्नु अघि गोकर्णेश्वर नगरपालिकाले समेत समन्वय गरेर पत्राचार गरेको थियो । यसपटक नगरपालिकाले पनि कुनै जानकारी नगराएको टेलिकमले जनाएको छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना आयोजनाले समन्वय गर्न भनेका काममा सहयोग गरिएको बताए ।

यसपटक आयोजनाले केही नभनेकाले के भएको आफूले बुझेर अवरुद्ध सेवा छिटो सञ्चालनका लागि पहल गर्ने उनले बताए । नगरपालिकाले ढल बिच्छ्याइरहेकाले नयाँबस्ती क्षेत्रको ५०० लाइन टेलिफोन पनि अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा यस क्षेत्रमा पनि इन्टरनेटका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १ : ०२ बजे

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

 काठमाडौं- अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा

बजेट अभावमा रोकियो गैँडा गणना

 चितवन – हरेक पाँच वर्षमा हुँदै आएको गैँडा  गणना आर्थिक

शंकरदेव क्याम्पसमा तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

 काठमाडौं– आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव

सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाश काले विपरीत बुद्धि

 काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक– धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको