टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल नियुक्त | Khabarhub Khabarhub

टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल नियुक्त


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबलटेनिसको मुख्य प्रशिक्षकमा सन्जिवकुमार ढुंगेललाई नियुक्त गरेको छ ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्यले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो ।

४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन् । १३ औं सागमा नेपालले १ रजत ४ कांस्य पदक जितेको थियो ।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए ।

अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ३८ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी