उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ। आज बसेको महासंघको पदाधिकारीको बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो।

महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सर्वसम्मत रूपमा साधारणसभा गर्ने निर्णय गरेको हो।  यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ।

महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउनको अन्तिम साता साधारणसभा गर्ने निर्णय भएको जानकारी दिए ।

गत चैत २८ र २९ गते हुने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण भएको लकडाउनको कारण रोकिएको थियो रोकिएको निर्वाचन जेट ७ गते हुने भनिए पनि जेठमा समेत पुनः रोकिएर अर्को मिति तय भएको हो।

महासंघको तीन वर्षे कार्यकालको लागि निर्वाचन हुन लागको हो। यद्यपी महासंघको अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने छन्।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान रहेको छ। यो पटक वरिष्ठ उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी घोषणा भइसकको छ। नयाँ निर्वाचन महासंघको वार्षिक साधारण सभाबाट हुन लागेको हो।

 

 

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : ५६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६