प्रिमियर लिग : लिग लिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो « Khabarhub

प्रिमियर लिग : लिग लिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ ।

आइतबार राति मर्सीसाइड डर्बीस्थित एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुल गोलरहित बराबरीमा रोकिएको हो ।

बल पोजिसनमा एकतर्फी पकड जमाए पनि लिभरपुलले प्राप्त अवसरलाई उपयोग गर्न  नसक्दा बराबरीमा रोकिएको हो ।

बराबरीसँगै उपाधि जीत्ने लगभग पक्कापक्की भएको लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ ।  एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलमा ८३ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २३ अंकले अघि रहेको छ । ३८ अंक जोडेको एभर्टन भने १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ०७ बजे

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा