लामो सयम बसेर कम्प्युटरमा काम गर्दा ढाड दुख्यो ? समाधान गर्न यसो गर्नुहोस् « Khabarhub

लामो सयम बसेर कम्प्युटरमा काम गर्दा ढाड दुख्यो ? समाधान गर्न यसो गर्नुहोस्


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिस डेस्कको जागिर अर्थात आरामदायक टेक्नोलोजीको प्रयोग गरी कुर्सीमा बसेर कार्यालय भित्र गरिने काम गर्दछन् ।

यस प्रकारको कामले मांसपेशिसहित जोर्नीहरुमा दुखाई बढ्ने गर्दछ । हुनत जोर्नीको दुखाईको अरु कारण पनि हुन्छन् ।

यसको निदानका लागी प्रयोग गरिने औषधीले केहि समय काम गरे पनि यसको पुर्ण उपचार भने योगबाट मात्र सम्भव रहेको छ । जोर्नीमा हुने दुखाईका लागी यी ३ आसन उपयोगी रहन्छ ।

१. सेतुबन्धासन
सेतुबन्धासनको अभ्यास गर्न ढाडको बलमा पल्टिनुहोस् र आफ्नो हातलाई शरीरको छेउमा राख्नुहोस् । अब हत्केलालाई जमीनमा टासेर घुडाँ मोडेर पैतालाले भुई टेक्नु होस् ।

अब तपाई सेतुबन्धासनको प्रारम्भिक स्थितिमा हुनुहुन्छ । अब बिस्तारै बिस्तारै स्वास फेर्दै सके अनुसार कम्मरलाई माथि उठाउनुहोस् । यसो गर्दा तपाईको शरीर एक सेतु अर्थात पुलको आकारमा आउँछ ।

अब यहि स्थितीमा सामान्य रूपले स्वास फेर्दै छाड्दै गर्नुहोस् । १० देखि ३० सेकेण्डसम्म यहि मुद्रामा रहँदैन स्वास छाड्दै कम्मरलाई बिस्तारै जमीनमा ल्याउनुहोस् र १ मिनेट आराम गरेर केहिबेर दोहार्याउनुहोस् । अन्तिममा शवासनमा केहिबेर बसि उठ्नुहोस् ।

२. त्रिकोणासन
त्रिकोणासनको अभ्यास गर्न सबैभन्दा पहिले खुट्टालाई चौडा पारेर सिधा उभिनुहोस् । यस पश्चात ढाडलाई मोडेर हातले भुई छुनुहोस् । अब दाहिने हातमाथि उठाएर त्यसको औंलामा ध्यान केन्द्रित गर्नुहोस् ।

केहिबेर यो आसन गरेपछि पूनः साधारण स्थितिमा आउनुहोस् । केहिबेर विश्राम पश्चात फेरी झुक्दै यहिआसन दोहोर्याउनुहोस् ।

३. वीर भद्रासन
यस आसनको मुद्रा पहाडमा जाने मुद्राको समान हुने गर्दछ । यसका लागी एउटा खुट्टा पछाडी सिधा समानान्तर राखेर अर्को अगाडीतर्फ कुद्न आटे जस्तो मुद्रामा बस्नुपर्दछ । यो मुद्रामा घुडाँ ९० डिग्रीको मुद्रामा रहनु पर्दछ । अब दुबै हातजोडेर सिरमाथि लानुहोस् । अब केहिझुकेर पछाडीको खुट्टाको समानान्तरमा शरीर निहुर्याएर हातलाई पनि सोहि स्थितिमा राख्नुहोस् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ४३ बजे

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र