खम्बा ढल्दा तीन दिनदेखि अन्धकार | Khabarhub Khabarhub

खम्बा ढल्दा तीन दिनदेखि अन्धकार


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ ।

अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।

बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन । जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ ।

रैनादेवी छहरा गाउँपालिका– ४ अम्लाबाँसका राजेन्द्र पोखरेलले विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट वञ्चित हुनुपरेको बताए ।

रातमा बिजुली नहुँदा अन्धकारमा रात बिताउनुपर्ने अवस्था छ । वर्षाका कारण बिजुली नहुँदा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक रेडियो र घरेलु उद्योग सञ्चालनमा समस्या देखिएको स्थानीय बासिन्दाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण, वितरण शाखा पाल्पाका सूचना अधिकारी विवेक अधिकारीले वर्षा रोकिएको अवस्थामा आजदेखि काम शुरु हुने बताए । अझै एक दुई दिन काम गर्न लाग्न सक्ने जनाइएको छ ।

वितरण शाखाको टोली तीन दिनसम्म खम्बा ढलेको स्थानमा पुगेको छैन । पहिराका कारण आफूहरु सो क्षेत्रमा पुग्न नसकेको प्राधिकारण वितरण शाखाले जनाएको छ । बतासेमा अम्लाबाँसको टोली आएर शाखालाई जानकारी गराएको अधिकारीले बताए ।

सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथागढी गाउँपालिकाको अगाहखोला क्षेत्र नजीकै पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ । आर्यभन्ज्याङ–राम्दी सडक खण्डको अगाह खोलामा आज बिहान पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । राजमार्ग अवरुद्ध भई अत्यावश्यक यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रुले दुःख पाएका छन् ।

वर्षाका कारण पूर्वखोला गाउँपालिकाको चापगौरामा पहिरो जाँदा तानसेन–रामपुर सडकको पक्की खण्ड पनि अवरुद्ध भएको छ । तानसेन –हार्थोक सडकखण्डमा पनि चारपाँच स्थानमा पहिरो खस्दा यातायातका साधन सञ्चालन आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जनाइएको छ । वर्षा नरोकिएकाले सडक खोल्न समस्या भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : ५५ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान