खम्बा ढल्दा तीन दिनदेखि अन्धकार « Khabarhub

खम्बा ढल्दा तीन दिनदेखि अन्धकार


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ ।

अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।

बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन । जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ ।

रैनादेवी छहरा गाउँपालिका– ४ अम्लाबाँसका राजेन्द्र पोखरेलले विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट वञ्चित हुनुपरेको बताए ।

रातमा बिजुली नहुँदा अन्धकारमा रात बिताउनुपर्ने अवस्था छ । वर्षाका कारण बिजुली नहुँदा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक रेडियो र घरेलु उद्योग सञ्चालनमा समस्या देखिएको स्थानीय बासिन्दाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण, वितरण शाखा पाल्पाका सूचना अधिकारी विवेक अधिकारीले वर्षा रोकिएको अवस्थामा आजदेखि काम शुरु हुने बताए । अझै एक दुई दिन काम गर्न लाग्न सक्ने जनाइएको छ ।

वितरण शाखाको टोली तीन दिनसम्म खम्बा ढलेको स्थानमा पुगेको छैन । पहिराका कारण आफूहरु सो क्षेत्रमा पुग्न नसकेको प्राधिकारण वितरण शाखाले जनाएको छ । बतासेमा अम्लाबाँसको टोली आएर शाखालाई जानकारी गराएको अधिकारीले बताए ।

सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथागढी गाउँपालिकाको अगाहखोला क्षेत्र नजीकै पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ । आर्यभन्ज्याङ–राम्दी सडक खण्डको अगाह खोलामा आज बिहान पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । राजमार्ग अवरुद्ध भई अत्यावश्यक यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रुले दुःख पाएका छन् ।

वर्षाका कारण पूर्वखोला गाउँपालिकाको चापगौरामा पहिरो जाँदा तानसेन–रामपुर सडकको पक्की खण्ड पनि अवरुद्ध भएको छ । तानसेन –हार्थोक सडकखण्डमा पनि चारपाँच स्थानमा पहिरो खस्दा यातायातका साधन सञ्चालन आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जनाइएको छ । वर्षा नरोकिएकाले सडक खोल्न समस्या भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : ५५ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि