भिनाजुसँगको प्रेम जोगाउन श्रीमानको हत्या ! « Khabarhub

भिनाजुसँगको प्रेम जोगाउन श्रीमानको हत्या !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बुटवल– गत बुधवार साँझ रुपन्देहीको मैनाबगरमा गोली हानी मारिएका भारतीय नागरिक फिरोज अन्सारी (खान)को हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ ।

४५ वर्षीय फिरोजको उनकै श्रीमती साहिन खातुनको संलग्नता रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फिरोजकी श्रीमती साहिन भिनाजु (भारत बेतिया घर भएका ४२ वर्षी साधिर हुसेन)सँगको प्रेम सम्बन्धमा थिइन् ।

प्रहरीका अनुसार विगत २० वर्षदेखि बुटवलमा श्रीमनसँगै बस्दै आएकी साहिन त्यहि क्रममा भिनाजु साधिरसँगको प्रेममा परिन् ।

गत बुधवार दिउँसै बुटवल आएका साहिरले साली साहिनसँग मिलेर हत्याको योजना बनाएका थिए ।

साँझ कामबाट फर्केर घर आएका फिरोजलाई ढोकामा पुग्नेवित्तिकै गोली प्रहार गरी साहिर फरार भएका थिए ।

प्रहरीका अनुसार साहिर गोली प्रहारपछि भारततर्फ फरार भएका थिए ।

प्रहरीले साहिनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा फिरोजको हत्या प्रकरण खुलेको हो ।

फिरोजलाई गोली हानेर भारतर्फ भागेका साहिरको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरिने रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : २७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान