महिलाको आकर्षण बढ्यो ढाका बुनाइमा « Khabarhub

महिलाको आकर्षण बढ्यो ढाका बुनाइमा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरको पौवादुङ गाउँपालिकाका महिलाको पराम्परागत ढाका बुनाइमा आकर्षण बढेको छ ।

आर्थिक रुपमा पिछडिएका समुदायलाई लक्षित गरेर गाउँपालिकाले सो सम्बन्धीे तालिम सञ्चालन गरेपछि उनीहरुको आकर्षण बढेको हो ।

हाते मेसिनको प्रयोग गरेर तयार गरिएको ढाकाको कपडाको माग बढेसंगै राम्रो आम्दानी हुने भएपछि तालिम लिएर व्यवसाय गर्नेको संख्या समेत वृद्धि हुन थालेको छ ।

महिला लक्षित कार्यक्रम अन्तर्गरत सातालिम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । स्थानीय स्तरमा उत्पादन भएका यस्ता सामग्रीले बजारमा राम्रो मुल्य पाउने भएपछि गाउँपालिकाले महिलालाई यस्तो तलिम दिन थालेको हो ।

एउटा साडिको मूल्य २५ देखि ३० हजार सम्म पर्ने स्थानीयहरुले बताउने गरेका छन् । तालिमले दलित, आर्थिकस्तर कमजोर र असाहय वर्गका महिलाहरुलाई आर्थिक रुपमा सबल गर्नको लागि सहयोग पुग्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

उनले भने, ‘स्थानीयलाई सीप दिएर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न खाले कार्यक्रम सञ्चलान गरिरहेको छ, ढाका बुनाइबाट राम्रो आम्दानी लिन सकिने भएपछि हामीले घरेलु कार्यालयसँगको सहकार्यमा सबै वडाका महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरेका छौ ।’

घरेलु उद्योगलाई प्रवद्र्धन गर्दै ग्रामिण भेगका महिलालाई लघु उद्यममा प्रोत्साहन गर्ने उदेश्यले गाउँपालिकासँगको सहकार्यमा तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयले जनाएको छ ।

सीप सिकेर व्यवसाय गर्न चाहनेलाई मेसिन उपकरण समेत सहयोग गर्ने कार्यालयका निमित्त प्रमुख प्रेम बुढाथोकीले बताए ।

तालिमसँगै आवश्यक औजार उपकरण समेत पाए व्यवसाय गर्न सहज हुने सहभागीले बताएका छन् । स्थानीय सुस्मिता राईले भने, ‘तालिम लिएर आत्मनिर्भर बन्ने लक्ष्यले सहभागी भएकी हुँ, ढाका बुनाइबाट राम्रो आम्दानी लिन सकिन्छ, आवश्यक औजार उपकरण पाए व्यवसायलाई निरन्तरता दिन थप सहयोग पुग्ने थियो, ढाका बुनाईबाट तयार गरिएको कपडाको बजारमा अहिले धेरै माग बढेको छ ।’

ढाका बुनाइ एउटा परम्परागत कला रहेकोले यसले नेपालीको पहिचान दिलाउने स्थानीयले बताएका छन् । तालीममा ४० जना महिलाको सहभागिता रहेको छ । गत वर्ष पनि गाउँपालिकाले विभिन्न सीपमूलक तालीम दिएको थियो ।

यस वर्ष सो कार्यालयसँगको सहकार्यमा गाउँपालिकाका सबै वडामा ढाका बुनाइ तथा सिलाइ कटाइसम्बन्धी तालिम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ३ : ०३ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु