कोरोना नयिन्त्रणमा ‘बेसार र अदुवा’को मात्र भर परेर हुँदैन : अध्यक्ष राणा « Khabarhub

कोरोना नयिन्त्रणमा ‘बेसार र अदुवा’को मात्र भर परेर हुँदैन : अध्यक्ष राणा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारले प्रतिरोध, बेसार र अदुवाको मात्र भर नगरी भयावह अवस्था नियन्त्रण गर्न सजग र सक्रिय हुनुपर्ने बताएका छन् ।

सरकारकै नीति र परिपत्र अुनरूप काम अघि बढ्दा सुदूरपश्चिम जस्तो सानो प्रान्तमा पनि संक्रमितको संख्या एक हजार नाघ्न थालेको, स्थिति भयावह बनेको भन्दै राणाले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार ट्वीट गर्दै उनले भने, ‘पीसीआर रिपोर्ट आउन ढिला भएपछि सुदूरपश्चिम प्रान्तका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिहरू घर पठाइयो । रिपोर्ट जब आयो धेरैमा संक्रमण देखियो । तिनलाई फिर्ता बोलाइ आइसोलेसनमा राख्न पर्यो । लक्षण नदेखिएकालाई पनि सरकारले घर पठायो । घरघरमै आइसोलेसनमा बस्ने निर्देशन दुर्भाग्यवश पालना भएन ।’

नेपाल सरकारको काम कारवाही नै त्रुटीपूर्ण रहेको राणाको ठहर छ । उनले भने, ‘यी दुई कारणले सुदूरपश्चिम जस्तो सानो प्रदेशमा पनि संक्रमण ह्वात्तै बढ्यो । संक्रमित संख्या हाल १,००० नाघ्न थाल्या छ ।’

राप्रपा अध्यक्ष राणाले भने, ‘यस्तो गैरजिम्मेवार व्यवहार दोहोरिन दिन भएन । भयावह परिस्थिति तुरुन्त नियन्त्रणमा लिन नेपाल सरकार सजग र सक्रिय हुनुपर्यो । प्रतिरोध, बेसार र अदुवाको मात्र भर गर्न भएन ।’

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ३६ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी