कोरोना नयिन्त्रणमा ‘बेसार र अदुवा’को मात्र भर परेर हुँदैन : अध्यक्ष राणा « Khabarhub

कोरोना नयिन्त्रणमा ‘बेसार र अदुवा’को मात्र भर परेर हुँदैन : अध्यक्ष राणा


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारले प्रतिरोध, बेसार र अदुवाको मात्र भर नगरी भयावह अवस्था नियन्त्रण गर्न सजग र सक्रिय हुनुपर्ने बताएका छन् ।

सरकारकै नीति र परिपत्र अुनरूप काम अघि बढ्दा सुदूरपश्चिम जस्तो सानो प्रान्तमा पनि संक्रमितको संख्या एक हजार नाघ्न थालेको, स्थिति भयावह बनेको भन्दै राणाले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार ट्वीट गर्दै उनले भने, ‘पीसीआर रिपोर्ट आउन ढिला भएपछि सुदूरपश्चिम प्रान्तका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिहरू घर पठाइयो । रिपोर्ट जब आयो धेरैमा संक्रमण देखियो । तिनलाई फिर्ता बोलाइ आइसोलेसनमा राख्न पर्यो । लक्षण नदेखिएकालाई पनि सरकारले घर पठायो । घरघरमै आइसोलेसनमा बस्ने निर्देशन दुर्भाग्यवश पालना भएन ।’

नेपाल सरकारको काम कारवाही नै त्रुटीपूर्ण रहेको राणाको ठहर छ । उनले भने, ‘यी दुई कारणले सुदूरपश्चिम जस्तो सानो प्रदेशमा पनि संक्रमण ह्वात्तै बढ्यो । संक्रमित संख्या हाल १,००० नाघ्न थाल्या छ ।’

राप्रपा अध्यक्ष राणाले भने, ‘यस्तो गैरजिम्मेवार व्यवहार दोहोरिन दिन भएन । भयावह परिस्थिति तुरुन्त नियन्त्रणमा लिन नेपाल सरकार सजग र सक्रिय हुनुपर्यो । प्रतिरोध, बेसार र अदुवाको मात्र भर गर्न भएन ।’

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ३६ बजे

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना

आजका समाचार : एएफयू जग्गा विवाद समाधानमा सरकारको पहल, वर्षाको जोखिम बढेपछि ट्राभल अलर्ट जारीर, कुवेतको पूर्वाधारमा इरानको आक्रमण

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमानेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको

उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– पर्वतको कुश्मामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु