ब्राजिलका राष्ट्रपति इजरायल भ्रमणमा | Khabarhub Khabarhub

ब्राजिलका राष्ट्रपति इजरायल भ्रमणमा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अविव– ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो ४ दिने औपचारिक भ्रमणका क्रममा इजरायल पुगेका छन् । राष्ट्रपति बोल्सोनारो र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार जेरुसेलमको एक पुरानो शहर वेस्टर्न वाल पुगेका थिए ।

यो शहरलाई जियुजहरुको एक पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । कतिपय देशले यो वेस्टर्न वाल शहरलाई इजरायलको भू–भागका रुपमा पनि स्वीकार गर्न मान्दैनन् ।

ब्राजिलका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री सो शहरमा केही समय रहेका थिए । उनीहरुले त्यहाँ पुगी उक्त तीर्थस्थलमा प्रार्थना गरेका थिए ।

राष्ट्रपति बोल्सोनारोले जेरुसेलममा ब्राजिलले व्यापार तथा सूचना प्रविधिसम्बन्धी कार्यालय खोल्ने घोषणा पनि गरेका थिए ।  ब्राजिलले यस्तो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गर्नु भनेको जेरुसेलममा ब्राजिलले आफ्नो दूतावास खोल्न लागेको कुराको संकेत भएको इजरायलले जनाएको छ ।

सो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गरेलगत्तै ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले इजरायलमा व्यापार प्रवर्द्धन र लगानीका लागि सो कार्यालय स्थापना गर्न लागिएको जानकारी आफ्नो ट्वीट अकाउन्टमार्फत गराएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ५६ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ