त्रिभुवन विमानस्थलमा आज १७ वटा उडान, कहाँबाट कतिको उद्धार ? | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा आज १७ वटा उडान, कहाँबाट कतिको उद्धार ?


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् ।

अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ । सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ ।

जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ ।

हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ । आज राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ ।

त्यसैगरी हिमालय एयरलाइन्सको जहाज आज राति १०ः०० बजे दोहा उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ आज समिट र तारा एयरले लुक्लामा समान एक उडान गरेका छन् । मनाङ एयरको लुक्लामा तीन उडान भएको छ ।

सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ३८ बजे

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

काठमाडौं– सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भेडेटार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका

राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको