जुत्ता चप्पल मेलामा १ करोडको कारोबार « Khabarhub

जुत्ता चप्पल मेलामा १ करोडको कारोबार


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित बृहत् जुत्ता चप्पल मेलामा १ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

गत फागुन २८ देखि सञ्चालन भएको सो मेलाको ९० हजार व्यक्तिले अवलोकन गरेको मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा महिला, पुरुष तथा बालबालिकाका लागि विभिन्न किसिमका छालाजन्य जुत्ताचप्पल बिक्री वितरण भइरहेको छ ।

मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था छ । मेलामा विभिन्न उद्योगद्वारा उत्पादित जुत्ताचप्पल बिक्री वितरणका लागि राखिएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका– २ पलपसा हलमा सञ्चालित मेला यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : २५ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष