मनसुन सक्रिय, आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुने « Khabarhub

मनसुन सक्रिय, आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुने


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनदेखि जारी वर्षा अझै रोकिएको छैन। अहिले (मंगलबार बिहान) पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

यसैगरी राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ:

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि पछिल्लो ३ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली कञ्चनपुर र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ५६ बजे

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण