पाल्पा पहिरो अपडेट : ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो | Khabarhub Khabarhub

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ ।

पहिरोमा परी मृत्यु हुनेमा चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा गएको पहिरोमा चार सवारी साधन बगाएको थियो ।

सोमबार बेलुका पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई पहिरोले बगाएको थियो ।

त्यस्तै लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन् । ती गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सडक माथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ०४ बजे

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग

सुर्खेत– नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले बाँके र बर्दियालाई

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

काठमाडौं– प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा

नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रमा के भन्यो सरकारले ?

काठमाडौं– आज संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

साताको कार्टुन : ‘स्टन्ट’ गरेर देश बन्दैन !

काठमाडौं– यो साता सामाजिक सञ्जालमा एउटा वाक्यांश चर्चामा रह्यो–‘स्टन्ट गरेर

विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने

काठमाडौं– विदेशमा जस्तै विद्यार्थीहरुको लागि ‘कमाउँदै–पढ्दै’ को नीति लागू हुने