पहिलोपटक कालापानी सीमाको १ नम्बर पिल्लर पुगेको सशस्त्रको टोली फर्कियो | Khabarhub Khabarhub

पहिलोपटक कालापानी सीमाको १ नम्बर पिल्लर पुगेको सशस्त्रको टोली फर्कियो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलोपटक कालापानीको सीमा नाका १ नम्बर पिल्लर पुगेको सशस्त्र प्रहरी बलको गस्ती टोली फर्किएको छ ।

बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले बताए ।

सरकारले दार्चुलाको छाङरुमा स्थापना गरेको बोडर आउट पोष्ट (बीओपी) को केही दिन अघि पहिलो पटक गस्तीका क्रममा कालापानीस्थित १ नम्बर पिल्लर पुगेको थियो । टोलीले यसअघि छाङरु आसपासको क्षेत्रमा मात्र गस्ती गर्दै आएको थियो ।

केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेर सडक बनाएपछि नेपालमा विरोध भएको थियो । भारतले नेपाली भूमि मिचेको विरोधभएसँगै नेपालले आफ्नो भूमि भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।

गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ३१ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते