ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन गरिँदै « Khabarhub

ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन गरिँदै


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोकल आफ्टर स्कूल, ग्लोकल प्राइभेट लिमिटेडले अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन गर्ने भएको छ । अनलाइन लर्निङ भर्चुअल कन्फरेन्स १४ र १५ असारमा आयोजना गर्न लागिएको हो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा भर्चुअल सम्मेलन हुन लागेको हो । सम्मेलनमा लकडाउनको यस विषम परिस्थितिमा विद्यार्थीलाई सीप सिकाई तथा शिक्षाका विविध पक्षका विषयहरु समेटिनेछन् ।

शिक्षा क्षेत्रका विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर शिक्षण, शिक्षाको भविष्य र शिक्षाको सिद्धान्तमा विकास गर्न एक साझा मन्च प्रदान गर्ने अपेक्षा लिइएको छ ।

ग्लोकल आफ्टर स्कूलले विभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू समेत सुरू गरेको छ ।

अनलाइन पाठ्यक्रमहरू विभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा तथा सीप प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको जनाइएको छ ।

सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १०मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम सि.टि.इ.भि.टी जस्ता शिक्षण मंचहरुका प्रतिनिधिहरुले आ-आफ्ना विचार प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा कर्पोरेट्स, नीति निर्माता, विद्यार्थी, विश्वविद्यालय र पत्रकारहरू एवम शिक्षाविद्हरुको समे सहभागिता रहनेछ ।

ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशक, आशीष ठाकुरले भने, “यस सम्मेलनको माध्यमबाट, हामी शिक्षण संयन्त्रको चुनौतीपूर्ण समस्याहरूको चलिरहेको आविष्कार, अनुप्रयोग र समाधानहरूको लागि योगदान दिन र अनलाइन सिकाई संयन्त्र मा प्रभाबकारी ढंगले बिकास गर्न के गर्न सकिन्छ भन्ने बारे छलफल एवम विकास गर्न चाहन्छौं ।’

सम्मेलनको मुख्य लक्ष्य अनलाइन लर्निङमा नबिनता थप्न र शिक्षाको विकासमा यसको प्रभावकारिताकबारे छलफल गर्नु रहेको  उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : १३ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका